ई. रामविन्दु श्रेष्ठकाे ‘ नेपाल रुसः सम्बन्धका पाटाहरू’ कृति सार्वजनिक भएको छ।
नेपाल रुस साहित्य समाज र रुसी सदन काठमाडाैंले आयोजना गरेकाे कार्यक्रममा प्रमुख अतिथि रुसी दुतावासका मिनिस्टर काउन्सेलर, पूर्वराजदूत मिलनराज तुलाधर, नेपाल भाषा एकेडेमीका चान्सलर कृष्ण मल्ल के सुन्दर, रुसी सदनकी निर्देशक अनास्तासिया भ्यालेन्टिनोभ्ना खोख्लोभा, पूर्व राजदूत परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, नेपाल रुस साहित्य समाजका अध्यक्ष विष्णुबहादुर सिंह, उपाध्यक्ष दाजु इ. चन्द्रकान्त आचार्य र लेखक रामविन्दु श्रेष्ठले संयुक्त रूपमा कृतिकाे लाेकार्पण गरेका हुन्।
नेपाल रुस सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवमा समर्पित उक्त पुस्तकले सदिऔंदेखिका दुई देशका कुटनैतिक, आर्थिक, सांस्कृतिक, साहित्यिक र सभ्यताको आदानप्रदान आदि झल्काउने कोसिस गरेको वक्ताहरूको राय थियो।
लेखकको शब्दमाः ७० वर्ष घरीघरी आउँदैन, हामीलाई उ जुगदेखि बुद्ध र बौद्ध दर्शनले जोडेको छ। नेपालका ठूला कलकारखानाहरू, अस्पताल, यातायात पूर्वाधारहरू सोभियत संघले बनाइदिएको रहेछ। देशका अधिकांश इन्जिनियर, डाक्टर आदिको उत्पादन रुसबाट भएको हो। यो पुस्तक इतिहासका ती कालखण्डहरूप्रतिको कृतज्ञता हो।
नेपाल रुस साहित्य समाजका अध्यक्ष विष्णुबहादुर सिंहको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन रुसी सदन पुस्तकालयकी भावना न्यौपाने र स्वागत भाषण उपाध्यक्ष इ. चन्द्रकान्त आचार्यले गरेका थिए।
‘नेपाल रुसः सम्बन्धका पाटाहरू’ नेपाली र रुसी भाषामा प्रकाशित भएको छ।
कार्यक्रमको अर्को आकर्षणः रुस र नेपालका समकालीन महिला कवियत्रीहरूको द्वैभाषिक कविता संग्रह “मातृभूमि र प्रेम” का लेखिकाहरूलाई रुस नेपाल सहयोग तथा मैत्री समाज मस्कोबाट जारी सम्मानपत्र अर्पिएकाे थियाे।
प्रकाशित: २३ श्रावण २०८३ ११:४० शनिबार