कथाकार रत्न प्रजापतिको ‘आलोपालो’ बालचित्रकथा प्रकाशित भएको छ। यस पुस्तकलाई बालसंसार प्रालिले प्रकाशन गरेको छ।
समय परिवर्तनशील छ र जीवन पनि परिवर्तनशील छ भन्ने मूल मर्ममा आधारित यो बालचित्रकथामा कथाकार प्रजापतिले सामाजिकीकरणमा बाजे र नाति पुस्ता बीचको सम्बन्धको महत्त्व देखाउन खोजेका छन्।
समयअनुसार नातिलाई बाजेको र बाजेलाई नातिको सहयोगको आवश्यकता पर्छ भन्ने यथार्थ यो बालचित्रकथामा निकै सरल ढङ्गले प्रस्तुत गरिएको छ।
साना बाबुनानीको रुचिलाई ध्यानमा राखेर लेखिएको यो पुस्तकले पठनको आनन्दसँगै जीवनमूलक सन्देश पनि दिनेछ। पुस्तकमा रश्मी श्रेष्ठले बनाएका कथा सुहाउँदा चित्रहरू छन्।
प्रकाशित: २५ आश्विन २०८३ ११:५४ आइतबार