कला/साहित्य

बिनेसाम ललितपुरले गर्‍याे प्रणय सिर्जना वाचन

विश्व नेपाली साहित्य महासङ्घ ललितपुरले प्रणय सिर्जना वाचनकाे आयाेजना गरेकाे छ।

जिल्ला शाखाकी सभापति नीता श्रेष्ठ ‘नित्यनूर’ को अध्यक्षता तथा प्राध्यापक रामकुमार पाँडेयको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हाे।

कार्यक्रममा विशिष्ट अतिथिहरू किशोर पहाडी, बिनेसाम केन्द्रीय महासचिव देवीका मङ्ग्रान्ती राई, केन्द्रीय संगठन सचिव कल्पना पौडेल ‘जिज्ञासु’ तथा बिनेसाम नेपाल शाखाका अध्यक्ष मणिराज सिंहको उपस्थिति थियो।

उक्त अवसरमा विश्व नेपाली साहित्य महासङ्घको विश्व केन्द्रीय समितिकी महासचिव तथा दार्जिलिङ–खर्स्याङकी देवीका मङ्ग्रान्ती राईले महासङ्घले हाल २४ भन्दा बढी देशमा ५४ भन्दा बढी शाखामार्फत नेपाली साहित्यको सेवा गर्दै आएको बताइन्।

उनले विश्व केन्द्रीय समितिले नियमित रूपमा प्रत्येक महिनाको पहिलो साता “बिम्ब र विमर्श” तथा प्रत्येक महिनाको १५ तारिखतिर विभिन्न शाखासँग सहकार्य गरी “सिर्जना वाचन” कार्यक्रम आयोजना गर्दै आएको उल्लेख गरिन्।

संस्थाकी महासचिव गीत खनालले सञ्चालन गरेकाे कार्यक्रममा बिनेसाम बागमती प्रदेश अध्यक्ष तोयानाथ सुवेदी, कोशी प्रदेश अध्यक्ष डा. देवी पन्थी, कल्पना मरासिनी, ऋषिराम सापकोटा, सुधा बास्कोटा ढकाल, श्याम श्रेष्ठ तथा द्वारिका कुइकेल लगायत ले प्रणय विषयमा कविता, गीत, गजल र मुक्तक वाचन गरेका थिए। 

प्रकाशित: ९ फाल्गुन २०८२ ११:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App