अन्य

राप्ती साहित्य परिषद् दाङले स्रष्टालाई सम्मान गर्ने

राप्ती साहित्य परिषद् दाङ शाखाले स्रष्टा सम्मानकाे साथ साधारण सभा गर्ने भएकाे छ।

विगतझैँ यस वर्ष पनि राप्ती साहित्य परिषद् दाङ शाखाले यही चैत २१ गते स्रष्टा सम्मानकाे साथ साधारण सभा गर्ने भएको छ।

२०८२ सालको पुरस्कार प्रदानका लागि प्रतिभा छनोट समिति गठन गरिएको छ। जसको संयोजकमा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा 'समीर' सदस्यहरूमा केन्द्रीय सचिव शारदा शर्मा र राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका निवर्तमान सचिव प्रकाश केसीलाई छानिएको छ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङमा विभिन्न व्यक्तिले स्थापना गरेका चार पुरस्कार छन्। प्रतिभा छनोट समिति सिफारिस गरेको स्रष्टाहरूलाई  पुरस्कृत गर्ने, २/३ अग्रज स्रष्टालाई  विगतमा जस्तै सम्मान गर्ने, साधारण सभा तथा साहित्यिक कार्यक्रम गर्ने राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मी बताए।

प्रकाशित: ४ चैत्र २०८२ १०:२१ बुधबार