कला/साहित्य

‘राम नाम सत्य’ निर्देशकको ‘हेराइ’ घोषणा

गत वर्ष रिलिजमा आएको फिल्म ‘राम नाम सत्य’ का निर्देशक माइकल चन्दले नयाँ फिल्म निर्देशन गर्ने भएका छन्। माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको फिल्मको नाम ‘हेराई’ राखिएको छ।

हाल यो फिल्मको धमाधम प्रिप्रोडक्सनको काम चलिरहेको छ। फिल्मको छायांकन केही महिनामा नै सुरु गर्ने तयारी माइकलको छ।

यस पटक भने माइकलले पूर्णतया लभ स्टोरी कथामा फिल्म बनाउने तयारी गरेका छन्। ‘राम नाम सत्य’ भने पूर्ण रूपमा एक्सन जनराको फिल्म थियो । जसले नेपाली बक्स अफिसमा साढे ३ करोड हारहारीको ग्रस कलेक्शन गरेको थियो।

‘हेराइ’ फिल्मका लागि कलाकारहरू कोही पनि फाइनल भएका छैनन् । ‘एक हेराइ अनेक बुझाइ’ ट्याग लाइन दिइएको यो फिल्मलाई किशोर भट्ट, हेमन्त शाह र स्वेता विमलीले निर्माण गर्ने पक्का भएको छ। फिल्मका सहनिर्माता राजेन्द्र भट्ट र अर्जुन सुनार हुन्।

फिल्मबारे माइकल भन्छन्, ‘यस पटक हामीले पूर्णतया लभ स्टोरी कथामा फिल्म बनाउँदैछौं । यो फिल्मले मानिस अनुसार हेराई फरक फरक हुने कथा भन्छ।’

फिल्मलाई यसैबर्ष रिलिज गर्ने योजना समेत रहेको माइकलको भनाई छ।  

प्रकाशित: ३ जेष्ठ २०८३ ०६:३१ आइतबार