नयाँ चलचित्र ‘अन्तिम दाउ’ निर्माण घोषणा भएको छ। उक्त चलचित्रमा अभिनेत्री तथा डान्सर कविता नेपाली मुख्य भूमिकामा अनुबन्धित भएकी छन्।
डान्सर तथा कोरियोग्राफर विजु पार्की ‘अन्तिम दाउ’ लाई निर्देशन गर्ने भएका छन्। यो उनको डेब्यु निर्देशकिय चलचित्र हो। यसलाई लिएर विजु निकै उत्साहित देखएका छन्। भारतमा विजुले कयौँ रियालिटि शोमा असिस्टेन कोरियोग्राफरको रुपमा काम गरेका उनी त्यहाँ पनि उत्तिकै लोकप्रिय छन्। विजुको यो चलचित्रमा कवितासँगै कलाकार निश्चल प्रधान, सुशान्क मैनाली, विजय लामालगायतका कलाकारहरुको अभिनय रहने छ।
चलचित्र निर्माण टिम अनुसार ‘अन्तिम दाउ’ असोजको पहिलो सत्तादेखि काठमाडौंको लगायतमा स्थानान छायांकनको तयारीमा जाने छ। भने ‘अन्तिम दाउ’ २०२७ मा प्रदर्शनको तयारी रहेको छ।
प्रकाशित: १० भाद्र २०८३ १६:२२ बुधबार