कला/साहित्य

बुद्धि सुवेदीको कातिल नजरमा प्रमोद खरेलको स्वर

गीतकार बुद्धि सुवेदीले नयाँ गीत ‘कातिल नजर’ ल्याएका छन् । ‘पल पल तिम्रो याद आउँछ किन होला, मन चरिले तिम्रै गीत गाउँछ किन होला’ बोलको गीतमा गायक प्रमोद खरेलले जादूमय आवाज दिएका छन् ।  

जीबी चिरन र आश्विनी शाहीको अभिनय रहेको यो गीत यूट्यूव प्लेटफामबाट सार्वजनिक गरिएको छ ।  

ध्रुव विश्को विश्वकर्माको संगीत रहेको यो गीतलाई नरेन्द्र वियोगीले एरेन्ज, मिक्सिङ र मार्टरिङ इन्जिनियर गरेका छन् । यो गीतको रेकर्ड सामुल थामीले गरेका हुन् ।  

माया पिरतीका विषयलाई यो गीतमा समावेश गरिएको छ । 

प्रकाशित: १८ भाद्र २०८२ १७:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App