कला/साहित्य

एलिना र समीक्षासँग प्रकाश सपुत तिज गीत आउँदै: ‘नाइँ भनेसि नाइँ’

चर्चित गायक प्रकाश सपुतले यस वर्ष ‘नाइँ भनेसि नाइँ’ बोलको तिज गीत ल्याउने भएका छन्। शनिबार फेसबुक पेजमा पोस्टर सार्वजनिक गरेर प्रकाशले आफ्नो गीत आउनेबारे जानकारी दिएका छन्। 

‘प्रिय प्रकाश, गीत संगीत नै तिम्रो जरा हो । र, यसमार्फत कथा भन्नु तिम्रो विशेषता !,’ प्रकाश सपुतले शुभेच्छुकले आफूलाई गरेको सम्बोधन उल्लेख गर्दै फेसबुकमा लेखेका छन्, ‘हाँगा फैलिनु राम्रो हो तर, जरासँग जोडिनुपर्छ र विशेषतालाई छोड्नुहुन्न है ।’ 

त्यसपछि उनले लेखेका छन्, ‘धेरै शुभेच्छुकहरूको यो सुझावलाई मनन गर्दै यसपालि तिजमा ‘नाइँ भनेसि नाइँ’मार्फत एउटा आवाजÞ लिएर आउँदै छौँ । आवाजमा आवाज मिसाउन तयार हुनुहोस् है त ।’ 

‘गलबन्दी प्रोडक्सन’को ब्यानरमा राखिएको पोस्टरमा चर्चित गायिकाहरू समीक्षा अधिकारी र एलिना चौहानको पनि नाम उल्लेख छ। 

गीतको बोल र सार्वजनिक पोस्टरका आधारमा उक्त तिज गीत लैङ्गिक हिंसा विरुद्धको आवाजका रूपमा आउने बुझ्न सकिन्छ।

प्रकाशित: ३ श्रावण २०८२ १६:१७ शनिबार

#Prakash Saput #Samiksha Adhikari #NagarikNews #Eleena Chauhan