सुदर्शन थापाको निर्देशनमा नयाँ नेपाली फिल्म ‘शुभ विवाह’ को घोषणा भएको छ। निर्माण टिमले बिहीबार पत्रकार सम्मेलनमार्फत फिल्मको मुख्य कलाकार तथा प्राविधिक टिमलाई चिनाएको हो। साथै फिल्मको ब्यानर पनि घोषणा गरिएको छ। व्यानरको नाम प्रियादर्शन फिल्मस् राखिएको छ।
प्रियादर्शन फिल्मस्को ब्यानरमा निर्माण हुने यस फिल्मको मुख्य भूमिकामा अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराई रहनेछन्। प्रदीप र सनिशाका साथमा हरिहर शर्मा,वसुन्धरा भुसाल, मुकुन्दकिशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अन्शु महर्जन, विन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाई, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्य छन्।
यसअघि निर्देशक थापा र अभिनेता खड्काले फिल्म ‘प्रेम गीत’ मा सहकार्य गरेका थिए। जुन फिल्म सफल पनि मानिएको थियो। सुप्रिया कटुवालको निर्माण तथा साम भुजेलको कार्यकारी निर्माण रहने यस फिल्मको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन्।
फिल्मको पटकथा तथा संवाद लेखन रामशरण पाठकको छ। फिल्ममा अर्जुन पोखरेलको संगीत तथा रेभन आरती सिंहको पाश्र्व संगीत रहनेछ। राजेश श्रेष्ठले छायांकन (डिओपी) गर्ने यस फिल्मको सम्पादन मिलन श्रेष्ठले सम्हाल्नेछन् भने कलर ग्रेडिङ राजेन्द्र मोक्तानको रहनेछ। फिल्मका नृत्य निर्देशक विक्रम स्वार हुन् भने ट्रेलर सम्पादन साहिल खानले गर्नेछन्।
सहनिर्देशकको रूपमा वसन्त अधिकारी (प्रमुख),साजन कट्टेल र प्रार्थना पाठक रहेका छन्। फिल्मको ध्वनि मनोज लामा, कला निर्देशन रोशन दिवाना र प्रोडक्सन म्यानेजरको रूपमा सुदीप ढकाल रहेका छन्। शृङ्गार सरोज पाण्डे, हेयर डिजाइन सरस्वती श्रेष्ठ र ’बिहाइन्ड द सिन्स’ को जिम्मेवारी निरज पन्थीले पाएका छन्।
कानुनी सल्लाहकारमा विराज ढुङ्गाना, लेखापरीक्षकमा भेष ढकाल तथा एजेन्सीको रूपमा प्रसुन तिमिल्सिना (कार्यालय) रहेका छन्। फिल्मका लागि पोसाक सुशीला केसी (लगन बुटिक) र आकृति पन्त (सेन्ट्रल फेसन एकेडेमी) ले तयार पार्नेछन्।
पब्लिसिटी डिजाइन तथा पोस्टर निर्माण आनन्द महर्जनले गर्नेछन्। कम्पनी लोगो एनिमेसन मनोज श्रेष्ठ र फिल्मको टिजर एनिमेसन अनन्त घिमिरेले गर्नेछन् भने डेकोर पार्टनरका रूपमा गरिमा फ्लोरिस्ट रहेको छ।
रोमान्टिक कथावस्तुमा आधारित हुने यस फिल्मको छायांकन छिट्टै सुरु गर्ने तयारी निर्माण पक्षको रहेको छ। साथै यो फिल्म आगामी फागुन २१ गतेबाट अलनेपाल रिलिज हुँदैछ।
प्रकाशित: २९ श्रावण २०८३ ०९:०१ शुक्रबार