कला/साहित्य

‘खोजतलास’ काे पोस्टर सार्वजनिक

यल्लि वूड फिल्म्स् प्रालिले निर्माण गरेको फिल्म ‘खोजतलास’ को पोस्टर सार्वजनिक भएको छ।

अमेरिकाको न्यूयोर्कमा आयोजित कार्यक्रममा स्टेट मेम्बर स्टेबिन रागा फिल्म निर्देशक किशोर सुब्बा, व्यावसायी र समाजसेवी केशवराम राई, नृत्य निर्देशक गोविन्द राई, आदिवासी जनजाति महासङ्घ अमेरिकाका महासचिव सुमन थाम्सुहाङ, किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष पुरन लिम्बु, नेपाली कलाकार सङ्घ अमेरिकाको अध्यक्ष वसन्ती राईले एकसाथ पोस्टर सार्वजनिक गरेका हुन्।

फिल्ममा दिनेश लिङ्देनको कथा र निर्देशन छ। निर्देशक लिङ्देनले फिल्मले देशको वर्तमान राजनीति तथा विविध सामाजिक घटनाका कथा उठान गरेको बताए।

फिल्ममा रुद्र पाहिम, पुष्पाञ्जली लिम्बू, राजकुमार शाह, शैलेन्द्र नाल्बो, विमला खजुम, शर्मिला शर्मा, रोहन सेन्चुरी, पुर्ण सेलिङ, पुजा गिरी, यासेली योङ्हाङ, सागर केरुङ, दिलिप योङ्हाङ, राजु घिमिरे, तेज मेन्याङ्बो, विमल ढुङ्गेल लगायतका कलाकारको अभिनय छ।

शैलेन्द्र नाल्बो निर्माता रहेको फिल्ममा विकास चौधरीको संगीत, राजेशपायल राई, मेचु धिमाल र सुवास राईको स्वर, कुमार महर्जनको द्वन्द्व, कमल राईको नृत्य र हेमन योन्जनको छायांकन छ।

निर्देशक दिनेशकाे अनुसार फिल्मको चाँडै  युकेमा प्रिमियर शो हुँदैछ। जसका लागि निर्माता शैलेन्द्र नाल्बो युके पुगिसकेका छन्। नेपालमा भने यो फिल्म फागुनमा रिलिज हुने र रिलिजको मिति चाँडै सार्वजनिक गरिने निर्माण पक्षको भनाइ छ।

प्रकाशित: ७ भाद्र २०८३ ११:५५ आइतबार