कला/साहित्य

विश्वप्रसिद्ध युट्युबर ‘मिस्टर बिस्ट’ ले गरे प्रेमिकासँग विवाह

विश्वप्रसिद्ध २८ वर्षीय अमेरिकी युट्युबर जिमी डोनाल्डसन (मिस्टर बिस्ट) ले आफ्ना प्रेमिका थिया बोयसनसँग एक निजी समारोहका बीच विवाह गरेका छन्।

नेकर आइल्यान्डमा आयोजित विवाह समारोहमा ७० जना नजिकका साथीभाइ तथा पारिवारिक सदस्यहरूको उपस्थिति रहेको थियो। विवाहपश्चात् थियाले आफ्नो नाम परिवर्तन गरी थिया डोनाल्डसन राखेकी छन्।

डोनाल्डसनले मङ्गलबार साँझ सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत विवाहका तस्बिरहरू सार्वजनिक गर्दै खुसी व्यक्त गरेका छन्। तस्बिर सेयर गर्दै उनले मुटुको इमोजीसहित ‘मैले मिसेसबिस्ट भेट्टाएँ’ भनी लेखेका छन्।

साथै, उनले उक्त दिनलाई ‘आफ्नो जीवनकै उत्कृष्ट दिन’ भनेका छन्।

प्रकाशित: ६ श्रावण २०८३ १५:०९ बुधबार