कला/साहित्य

अस्कर अवार्डः ‘वन ब्याटल आफ्टर अनदर’ ले जित्यो ६ अवार्ड

हलिउड फिल्म ‘वन ब्याटल आफ्टर अनदर’ ले  ६ वटा अवार्ड जित्दै चर्चा पाएको छ।

अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजित ९८औँ एकेडेमी अवार्ड समारोहमा यो फिल्मले सर्वश्रेष्ठ तस्बिर र सर्वश्रेष्ठ निर्देशक लगायत प्रमुख ६ विधामा अवार्ड जितेको हो।

उत्कृष्ट फिल्मको मनोनयनमा 'वन ब्याटल आफ्टर अनादर’ सहित १० वटा फिल्म थिए। फिल्ममा लियोनार्दो डी क्याप्रियो, सिन पेन, रेगिना हललगायतको मुख्य भूमिका निर्वाह गरेका छन्। फिल्मका लेखक तथा निर्देशक पल थोमस एन्डरसनले हुन्।

यो कमेडी एक्शन थ्रिलर फिल्ममा पूर्व क्रान्तिकारी बब लियोनार्डो डिक्याप्रियो को कथा देखाइएको छ। उनी आफ्नी छोरीसँग एकान्त जीवन बिताइरहेका हुन्छन् तर १६ वर्षपछि उनको पुरानो शत्रु फर्किएपछि घटनाहरू बदलिन्छन्। त्यसपछि उनकी छोरी हराएपछि आफ्नो विगतसँग सामना गर्न बाध्य हुन्छ।

गत वर्ष सेप्टेम्बर २०२५ मा सिनेमाघरमा रिलिज भएको यो फिल्मले बक्स अफिसमा पनि राम्रो प्रदर्शन गरेको थियो। करिब १००० करोड रुपैयाँ बजेटमा बनेको फिल्मले विश्वभर करिब १६०० करोड रुपैयाँ कमाइ गरेको बताइएको छ।

अहिले यो चर्चित फिल्म जीयो होस्टारमा २६ फेब्रुअरी २०२६ देखि स्ट्रिम भइरहेको छ, जहाँ दर्शकहरूले यसलाई अनलाइन हेर्न सक्नेछन्।  

अस्करमा कसले के जिते?

बेस्ट सपोर्टिङ एक्ट्रेसः एमी माडिगन, विपन्स

बेस्ट एनिमेटेड फिचर फिल्मः के–पप डिमन हन्टर्स

बेस्ट एनिमेटेड सर्ट फिल्मः द गर्ल हु क्राइड पर्ल्स

बेस्ट कस्ट्युम डिजाइनः फ्रान्केन्स्टाइन(केट हले)

बेस्ट मेकअप एन्ड हेयरस्टाइलः फ्रान्केन्स्टाइन

बेस्ट कास्टिङः वान ब्याटल आफ्टर अनादर(कासान्द्रा कुलुकुन्दिस)

बेस्ट लाइभ एक्सन सर्ट फिल्मः द सिंगर्स र टु पिपल एक्स्चेन्जिङ सालिभा (संयुक्त रूपमा)

बेस्ट सपोर्टिङ एक्टरः सिन पेन, वान ब्याटल आफ्टर अनादर

बेस्ट एड्याप्टेड स्क्रिनप्लेः वान ब्याटल आफ्टर अनादर (पल टमस एन्डर्सन)

बेस्ट ओरिजिनल स्क्रिनप्लेः सिनर्स (र्यान कुगलर)

बेस्ट प्रडक्सन डिजाइनः फ्रान्केन्स्टाइन

प्रकाशित: २ चैत्र २०८२ १२:०५ सोमबार