कला/साहित्य

नोबेल साकोस साहित्य संस्थाले गर्‍याे रचना वाचन

नोबेल साकोस साहित्य संस्था, विराटनगर शाखाको नियमित मासिक रचना वाचन कार्यक्रम शनिबार दाहाल प्रतिष्ठानको भवनमा सम्पन्न गरेको छ। संस्थाका उपाध्यक्ष भूपाल अधिकारीको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो।

कार्यक्रममा संस्थाकी सहसचिव रेणुका राईले शब्दमार्फत सहभागीहरूलाई स्वागत गरेकी थिइन्।

कार्यक्रममा विराटनगर प्रज्ञाप्रतिष्ठानका सदस्य तथा प्रतापनिधि शर्मा स्मृति कोषका संस्थापक अध्यक्ष अग्रज साहित्यकार लक्ष्मण नेवटियाको प्रमुख आतिथ्यमा विशिष्ट अतिथिका रूपमा मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल उपस्थित थियो भने विशेष अतिथि संगम मासिक पत्रिकाका सम्पादक रामबाबु दाहाल, विराटनगर प्रज्ञाप्रतिष्ठानका विभागीय प्रमुख शिवनारायण सिङ्गल, कोशी साहित्य-कला परिषद्का अध्यक्ष केशु विरही, विराट मैथिल नाट्य कला परिषद्का अध्यक्ष डोमी कामत, समीक्षक भवानीप्रसाद पोखरेल तथा विराट साहित्य संगमका सचिव गोपाल निर्भिकको उपस्थिति  थियो।

संस्थाका सचिव सुजाता राईले सञ्चालन गरेकाे उक्त कार्यक्रममा विभिन्न भाषाभाषीका कविहरूले रचना वाचेका थिए। कवि उमेश लुइँटेल, प्रयाग न्यौपाने, नेत्र खतिवडा, एल.पी. पराजुली, केशव रिजाल, नवराज पोखरेल नवशिला, नानुमैया दाहाल, शुभकुमारी राई, गीतादेवी पोखरेल, सुरेशकुमार अग्रवाल, सिर्जना प्रसाई, गोपाल निर्भिक, डोमी कामत, प्रेमप्रसाद रिजाल, चन्द्रकान्ता भट्टराई, सुशिला प्रसाई, महेश कटुवाल, उद्धव केसी, निर्मला नेपाल, ऋषि तिवारी, भूपाल अधिकारी तथा बालप्रतिभा चन्द्र सागर राई थिए।

कार्यक्रममा असल श्रोताका रूपमा यमुना भट्टराई, शारदा भट्टराई, किस्मत खतिवडा र चुडामणि घिमिरे (गोपाल) रहेका थिए।

प्रकाशित: १७ फाल्गुन २०८२ ०८:४७ आइतबार