कला/साहित्य

दश वर्षपछि निर्देशनमा फर्किए निर शाह

वरिष्ठ अभिनेता तथा निर्देशक निर शाह निर्देशित चलचित्र ‘कमला मिस’ को पहिलो पोस्टर सार्वजनिक भएको छ।सोमबार चलचित्रका टिमले पोस्टर सार्वजनिक गरेका हुन्।

सार्वजनिक पोस्टरमा चलचित्रकी मुख्य अभिनेत्री वासना तिमिल्सिनालाई प्रस्तुत गरिएको छ। मनोवैज्ञानिक कथामा आधारित चलचित्रको पोस्टरमा वासनालाई मिश्रित भावमा देख्न सकिन्छ। जहाँ गहिरो कथावस्तु र रहस्यमय सङ्केत दिएको छ।

‘कमला मिस’ मा अभिनेता निर शाह दश वर्षपछि निर्देशनमा फर्केका छन्। ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता चलचित्र शाहका चर्चित चलचित्र हो।

यसमा निर शारको अभिनयसँगै रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडा लगायत कलाकारहरूको अभिनय छ।

एमा मल्लले निर्माण गरेको चलचित्रमा उमेश मल्ल र चैतन्य प्रधान कार्यकारी निर्माताका रुपमा कार्य गरेका छन्।

एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्ने यस फिल्मले नेपाली दर्शकमाझ फरक स्वादको मनोवैज्ञानिक कथा प्रस्तुत गर्ने विश्वास निर्माण पक्षले लिएको छ।

प्रकाशित: ५ जेष्ठ २०८३ ११:५३ मंगलबार