अभिनेता तथा निर्देशक विराज भट्टको अभिनय तथा निर्देशनमा तयार भएको चलचित्र ‘१२ गाँउ २’ मा उनका छोरा समीर भट्ट पनि मुख्य भूमिकामा देखिएका छन्।
एक्शन स्टार भनेर युवा पुस्तामा लोकप्रिय उनी एक्शन तथा स्टन्टमा राम्रो छन्। तर हास्यव्यङ्ग्यका दृश्य छायांकन गर्दा कति पटक रिटेक गर्नु पर्छ त उनलाई ? हाल ‘१२ गाँउ २’ सिनेमाघरमा प्रदर्शनरत छ। यो चलचित्रमा कतिपय दृश्यमा समीरको कमेडी सिन पनि रहेको छ। यसैलाई लिएर सञ्चारकर्मीले समीरलाई प्रश्न गरे- तपाईँलाई कमेडी सिन गर्न कतिको सजिलो भयो?
उक्त प्रश्नमा समीरले भने, ‘यसमा मेरो दुई तीन वटा यस्तो सिन छ, जहाँ मलाई त्यति सहज त भएन। रिटेकहरू पाँच पटकसम्म गरियो। तर मलाई बाबाले निर्देशकको तरिकाले राम्रोसँग आफैँ दृश्य गरेर पनि सिकाउनु भयो जस कारण मलाई अलि सहज त भयो।’
विराज भट्टको बचाव गर्दै उनले थपे, ‘मलाई मात्र होइन उनले अरु कलाकारहरूलाई पनि त्यतिकै सहयोग गर्नु हुन्छ।’
प्रकाशित: ८ कार्तिक २०८३ १२:३६ आइतबार