दुई वर्षपछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह चलचित्र उद्योगमा फर्केकी छन्। उनी चलचित्र ‘एक्का मेसी बादशाह’ मा बोल्ड तथा साहसी महिलाको रूपमा देखिने भएकी छन्।
काठमाडौंमा आयोजित ‘एक्का मेसी बादशाह’ चलचित्रको निर्माण घोषणा कार्यक्रममा उनले भनिन्– ‘दुई वर्षको अन्तरालमा मेरो जीवनमा कैयौँ उतारचढाव आयो। स्वास्थ्य, व्यक्तिगत तथा स्क्रिप्ट मन नपरेर म चलचित्रबाट टाढा रहे’।
पहिलाभन्दा अहिलेको सिनेमामा सुधार आएको उनको भनाई छ। ‘कतिपय ठाउँमा जाँदा नेपाली सिनेमा तथा कलाकारहरूको प्रशंसा सुन्दा मन खुसी हुन्छ’, उनले उल्लेख गरेकी छन्।
यसअघि साम्राज्ञी आफ्नो प्रेम सम्बन्ध तथा भावी श्रीमानलाई लिएर सामाजिक सञ्जालमा चर्चामा थिइन्।
प्रकाशित: १० श्रावण २०८३ १५:३० आइतबार