कला/साहित्य

दसैं-तिहारमा विदेशमा रमाउँदै नेपाली कलाकार

दसैंतिहार हामी नेपालीका लागि सबैभन्दा ठुलो चाडपर्वको रूपमा मनाइन्छ। हरेक वर्ष तिहारमा हामी हाम्रो परिवारसँग बसेर मीठोमसीनो पकवान पकाउने, खाने र रमाइलो गर्ने मध्येको एक पर्व हो। तिहारलाई बत्ती र उज्यालोको पर्व भनेर पनि भनिन्छ। त्यहीमध्ये एक हो गीत सङ्गीतले पर्वको रौनक बढाउने काम गर्दछ। तिहारमा गाइने गीतसङ्गीतबिना पर्व अधुरो मानिन्छ तर यो समय नेपाली कलाकारहरू विदेशमै रमाएकाे देखिन्छ। चाडपर्वकै समयमा कतिपय कलाकार बाहिरी मुलुक जाने क्रम बढ्दाे छ।

हाम्रो धेरै नेपाली दाजुभाइ र दिदीबहिनी विदेशमै छन्। त्यसैले नेपाली कलाकारहरूको लोकप्रियता र माग पनि विदेशमा पनि बढेको छ।

यही वर्ष मात्र कतिपय कलाकार साङ्गीतिक टुरका लागि विदेश गएका छन्, जसमध्ये गायक तथा स्टेज पर्फमर दुर्गेश थापा लगभग ४५ दिनका लागि मङ्गलबार साँझ अमेरिका गएका छन्।

यो टुर आरएनआर ग्रुप्स एलएलसी रोशन पुरी, पाण्डे होम्स एलएलसी गणेश पाण्डे, एकेबी कम्पनी एलएलसी आशिष भडेलद्वारा आयोजना गरिएको हो भने पिस एण्ड ब्युटी नामक गैरनाफामुखी संस्थाले साझेदारी गरेका छन्।

आयोजकले अग्रीम टिकटका लागि आग्रह गरेका छन्। दुर्गेशको यो पहिलो अमेरिका टुर भएकाे हुँदा आयोजकले दर्शकको उल्लेख्य उपस्थिति हुने अपेक्षा राखेको छ।

अमेरिकामा दुर्गेशको पहिलो कार्यक्रम आउँदाे शुक्रबार (अक्टोबर १७) अस्टिन टेक्सासबाट सुरू हुनेछ भने नोभेम्बर २२ मा डल्लास, टेक्सासमा पुगेर सकिनेछ। यस अवधिमा उनले न्यूयोर्क, बाल्टिमोर, कोलम्बस, कोलोराडो लगायतका स्थानमा ११ स्टेजमा प्रस्तुति दिने आयोजकले बताए।

दुर्गेशसँगै चर्चित गायिका मेलिना राई पनि अमेरिका गएकी छन्। यसअघि दुर्गेश अस्ट्रेलिया, कतार, बेलायत लगायतका देशमा उनी साङ्गीतिक प्रस्तुति दिइसकेका छन्।

साथै अमेरिकामै लामो समयदेखि बस्दै आएकी गायिका एलिना चौहान र गायक प्रताप दास आफ्ना गीत त्यहीबाट सार्वजनिक गरेका हुन्छन्। हालैमा यी दुई जनाको भाइटीकाको गीत ‘आयो तिहार ’ सार्वजनिक भएको छ।

प्रकाशित: २ कार्तिक २०८२ १२:४५ आइतबार