कला/साहित्य

‘नेपाल स्रष्टा समाज,गण्डकी प्रदेश’ काे पुर्नगठन

नेपाल स्रष्टा समाज,गण्डकी प्रदेशको पुर्नगठन भएको छ। एक कार्यक्रमबीच रीता न्यौपाने पहारीको अध्यक्षतामा पुर्नगठित उक्त समितिमा उपाध्यक्ष हरिदेवी कोइराला,सचिव पदमराज ढकाल,कोषाध्यक्ष सरस्वती श्रेष्ठ सरु रहेका छन्।

यसैगरी समितिको सदस्यमा कृष्णप्रसाद वास्तोला,दुर्गा बहादुर शाह बाबा,कृष्णप्रसाद पौडेल,कल्याण पन्त,धर्मराज पौडेल अल्पायु रहेका छन्।

मंगलबार समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदन सहितको समाजको केन्द्रीय कार्यसमितिको टोलीको उपस्थितिमा प्रदेश कमिटी पुर्नगठन गरिएको हो।

प्रकाशित: १८ चैत्र २०८२ १०:४० बुधबार