नेपाल स्रष्टा समाज केन्द्रीय समितिको आयोजनामा युवा कवि गोष्ठी सम्पन्न भएको छ।
नेपाल स्रष्टा समाजका महासचिव प्रकाश घायलको अध्यक्षता तथा डा.राजेन्द्र केसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
गोष्ठीमा अतिथि कवि कृष्णप्रसाद जस्ताघरे, सुशिला धमला, एलिसा ढुंगाना,पार्वती अधिकारी पारु, अञ्जना पौडेल, विमला दाहाल लगायतका युवा विद्यार्थी कविहरू खुशी लामा, ललिसा बानियाँ, निर्मला बुढा क्षेत्री, एन्जल अधिकारी, प्रविन नगर्ची, ओजस्वी श्रेष्ठ,सुशील चापागाई, सिना श्रेष्ठ, फेसन उदास, योगेश पनेरु, प्रविण नगर्ची लगायतका युवा कविहरू सुनिए।
डा. शैलेन्दुप्रकाश नेपालले सुनिएका कविताहरूमाथि टिप्पणी गरेका थिए।
साउथ वेष्टर्न स्टेट कलेजको सहआयोजनामा भएको गोष्ठीमा विशेष अतिथि पवन आलोक थिए। चेतनपथ माधवको सञ्चालनमा भएको कार्यक्रममा डा. शान्तिमाया गिरीले स्वागत मन्तव्य व्यक्त गरिन्। गोष्ठीमा सहभागी कविहरुलाई प्रमुख अतिथि डा.केसीले प्रमाणपत्र वितरण गरे।
समाजको १९ औं स्थापना दिवसको अवसरमा तीन दिने कार्यक्रमअन्तर्गत पहिलो दिन युवा कवि गोष्ठी भएको आयोजकले बताए।
प्रकाशित: १६ पुस २०८२ १३:२५ बुधबार