नेपाल वाङ्मय परिषद् धनगढी, कैलालीले ६ स्रष्टालाई सम्मान अर्पिएकाे छ। डा. पुष्करराज भट्टको अध्यक्षता र वरिष्ठ आख्यानकार हरिहर खनालको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
प्राडा कपिल लामिछाने, तेजप्रकाश श्रेष्ठ, गाेपाल अश्क, डा. शेखर कुमार श्रेष्ठ, लता केसी, नवराज रिजाल, जगत वशिष्ट, वैरागी जेठा लगायत दर्जनाैँ स्रष्टाकाे उपस्थितिमा भएको कार्यक्रममा पुरस्कृत व्यक्तित्वको परिचय लेखक तथा समीक्षक शेखर अर्याल 'शेतिक'ले गरेका थिए।
कार्यक्रममा मनाेहर लामिछानेलाई नेपाली वाङ्मय साधना सम्मान २०८२, अमृत याेञ्जन तामाङलाई मातृभाषा वाङ्मय साधना सम्मान २०८२ र सृजना शर्मालाई आरडी प्यास-राजलक्ष्मी चटाैत राष्ट्रिय प्रतिभा पुरस्कार २०८२ बाट सम्मान अर्पिएकाे थियाे।
त्यस्तै लघुकथाकार महेश प्रसाई राधिका-गाेपालदत्त लघुकथा सम्मान २०८२, लघुकथाकार तथा साहित्यिक पत्रकार अच्युत घिमिरेलाई पद्मा-रामचन्द्र लघुकथा सम्मान २०८२, लघुकथाकार कर्ण दयाललाई कर्मयाेद्धा सृजना सम्मान २०८२ बाट सम्मान अर्पिएकाे हाे।
नेपाल वाङ्मय परिषद्, धनगढी कैलालीले यी सम्मान तथा पुरस्कारहरू २०७१ सालदेखि नियमित रूपमा प्रदान गर्दै आएकाे साे पुरस्कार यस वर्ष ६ स्रष्टालाई प्रदान गरिएकाे थियाे।
साे सम्मान कार्यक्रममा सम्मानित स्रष्टाहरूले आआफ्नाे मन्तव्य राखेका थिए भने उपस्थित अतिथिहरूले शुभकामना मन्तव्य दिएका थिए।
प्रमुख अतिथि साहित्यकार हरिहर खनालले पुरस्कारकाे ओैचित्य र पुरस्कारकाे गरिमालाई प्रस्ट पार्दै पुरस्कृत स्रष्टाहरूलाई बधाईसमेत प्रदान गरेका थिए।
बिचबिचमा लघुकथाकार स्रष्टाहरूद्वारा लघुकथा वाचन गरिएकाे थियाे। कार्यक्रमकाे अन्त्यमा जगत् वाशिष्टले धन्यवाद दिई अध्यक्ष डा.पुष्करराज भट्टले आफ्नाे मन्तव्यसहित कार्यक्रमा समापन गरेका थिए।
प्रकाशित: १७ जेष्ठ २०८३ ०७:३५ आइतबार