कला/साहित्य

राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा नेम्बाङ, पोखरेल र कडेल उत्कृष्ट

क्याप्शन

जी.पी. कोइराला मेमोरियल कलेजले आयोजना गरेको खुला राष्ट्रिय निबन्ध प्रतियोगिता-२०८३ मा पाँचथरका धर्मेन्द्र विक्रम नेम्बाङ प्रथम भएका छन्।

गिरिजाप्रसाद कोइरालाको १०३औं जन्मजयन्तीका अवसरमा आयोजित प्रतियोगितामा दोलखाका डा. टीकाराम पोखरेल द्वितीय र कास्कीकी जानुकी कडेल तृतीय भएका हुन्।

नेपाली लेखक सङ्घसँगको सहकार्यमा चाबहिलस्थित कलेजले ‘लोकतन्त्र र शान्ति स्थापनामा गिरिजाप्रसाद कोइरालाको योगदान’ शीर्षकमा राष्ट्रव्यापी रूपमा सो प्रतियोगिता आयोजना गरेको थियो।

कलेजमा आयोजित एक विशेष कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विजयीहरूलाई पुरस्कार वितरण गरे।

प्रतियोगितामा उत्कृष्ट हुँदै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेका छन्।

पुरस्कार वितरण समारोहमा कलेजका क्याम्पस प्रमुख शिवप्रसाद अधिकारीले कलेजको ध्यान सधैँ सस्तो, सुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ केन्द्रित रहेको बताए।

प्रकाशित: १८ असार २०८३ २१:२८ बिहीबार