बुद्धलक्ष्मी प्रेम स्मृति साहित्य प्रतिष्ठान, दमक, झापाले निबन्धकार तथा नियात्राकार युवराज नयाँँघरेलाई बुद्धप्रेम साहित्य सम्मान अर्पिने निर्णय गरेकाे छ।
नेपाली निबन्ध र नियात्राको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत नयाँँघरेलाई यो पुरस्कार दिन लागिएको प्रतिष्ठानका संरक्षक तथा प्रतिभा छनोट समितिका सदस्य जयबहादुर श्रेष्ठले बताएका छन्।
नवगठित साहित्यिक संस्था बुद्धलक्ष्मी प्रेम स्मृति साहित्य प्रतिष्ठानले आउँदाे भदौ १४ गते उक्त पुरस्कार वितरण गर्ने बताइएको छ।
बुद्धलक्ष्मी प्रेम स्मृति साहित्य प्रतिष्ठानको नवगठित कार्यसमितिमा अध्यक्ष सलुजा श्रेष्ठ, उपाध्यक्ष सुजता श्रेष्ठ, सचिव सागर श्रेष्ठ, कोषाध्यक्ष जस्मिन श्रेष्ठ र सदस्यहरूमा सनम श्रेष्ठ र राजदोङगे श्रेष्ठ छन्।
साहित्यकार तथा शिक्षासेवी जयबहादुर श्रेष्ठका माता स्व.बुद्धलक्ष्मी श्रेष्ठ तथा पिता स्व.प्रेमबहादुर (टेक)को स्मृतिमा यो साहित्यिक प्रतिष्ठान गठन भएको छ।
नेपाली भाषा, साहित्यमा समर्पित साधकहरूलाई सम्मानित र पुरस्कृत गरिने यो प्रतिष्ठानले लक्ष्य लिएको छ। पुरस्कारको राशि हाललाई रु.३० हजार नगद रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: ६ भाद्र २०८३ १३:३५ शनिबार