कला/साहित्य

राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले दियो ३ गीतविरुद्ध उजुरी

राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले ३ गीतविरुद्ध प्रहरीमा उजुरी दिएको छ।

आइतबार सामाजिक सद्भाव भड्काउने बताउँदै लोकसञ्चारकर्मी नेपालले ३ गीतविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको हो।

ध्रुव पुन र चन्द्रकुमारी शाहीको स्वरमा रहेको गीत ‘गाई कालो’, राजकुमार वली-अस्मिता थापा-लक्ष्मी थापाको स्वरमा रहेको ‘सल्ला दमारमा’, रामजी खाँण र शान्तिश्री परियारको स्वरमा रहेको ‘लुकी लुकी’ गीतविरुद्ध संस्थाले उजुरी दिएको हो ।

प्रकाशित: २९ असार २०८२ १७:४० आइतबार

#NagarikNews #Nepal Police