कला/साहित्य

‘नबोले नि तिमीलाई’ म्युजिक भिडियाे सार्वजनिक

गीतकार चन्द्र जयपाल राईकाे ‘नबोले नि तिमीलाई’ म्युजिक भिडियाे सार्वजनिक भएकाे छ। उक्त गीतमा लोकेश चाम्लिङकाे संगीत र एरेन्ज रहेकाे छ। लोकेश चाम्लिङ राईले सुमधुर स्वरमार्फत उक्त गीतलाई जीवन्तता प्रदान गरेका छन्।

गीतकार चन्द्र जयपाल राईकाे यसअघि ‘रित्तो जन्में रित्तो जान्छु’, ‘हेलो हाई नमस्कार’, तिमी मेरो पारुहाङ, तिमी मेरो सुम्निमा, हेल्लो हाई नमस्कार, बाबा, ‘सेतो खाली पाना’  नामक गीत रेकर्ड भएकाे छ।

खाेटाङकाे दिक्तेल रूपाकाेट मझुवागढी नगरपालिका -९, निर्मलीडाँडा, लामाखु (पिपचुङ), माझाटोलमा जन्मिएका गीतकार राईले सानैदेखि समाज सेवामा अभिरूचि पालेका थिए। गीतकार राई किरात राई चाम्लिङ खाम्बातिम, बेलायतको प्रमुख सल्लाहकार, खोटाङ सेवा समाज, बेलायतका महासचिव र किरात राई यायोक्खा, बेलायतका सचिव हुन्।  

प्रकाशित: १३ चैत्र २०८२ ११:४० शुक्रबार