कला/साहित्य

पुस १० गते आउँदै छ ‘मुगलान’

‘मुगलान’ फिल्म आउँदाे पुस १० गतेबाट प्रदर्शनमा आउन तयारीमा रहेको छ। रिहान प्रोडक्सनको ब्यानरमा बनेको ‘फिल्म ‘मुगलान’ टिजर रिलिज भएको छ। निर्माण टिमले फिल्मको टिजर युना डिजिटल युटुब च्यानल मार्फत गरेको हो।  

३९ सेकेण्डको टिजरमा आर्थिक अभाव झेलेका एक युवा परिवारलाई सुखमा राख्न मजदुरी गर्न भारत पुग्छन्। उनले त्यहाँ पाएको सास्ती र यता साहुले गरेको अत्यचारको कथा भन्छ। परिवारको सुखी र आफ्नो सपना साकार पार्न गरेको एक संघर्षलाई फिल्मको टिजरमा उतारिएको छ। फिल्मको टिजरले नै नेपाली समाजको कथा हो भन्छ।

‘मुगलान’ ले युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गरेकाे छ। यो फिल्ममा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकालको मुख्य भूमिका छ। फिल्ममा श्री शिवांशु, दिनेश डीसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजुराज सोनी, रश्मि भट्ट, जीवन गौतम र सविन बास्तोला लगायतका कलाकारको अभिनय छ।

आशिष ढकालकाे लेखन तथा निर्देशन रहेकाे ‘मुगलान’ फिल्मका निर्माता गोमन सिंह हुन्। यो फिल्मको कोप्रोड्युसरमा रिता चौधरीले लगानी गरेकी छन्। तारा थापा ‘किम्भे’ को सम्पादन, जय विष्ट र राम गुरुको द्वन्द्व निर्देशन रहेको यो फिल्ममा बिजिएम रिदम कँडेलको छ। फिल्ममा कोरियोग्राफर देबेन्द्र कुँवरको छ भने डिओपी अजय रेग्मीको छ।

फिल्ममा संगीत किरण भुषालले दिएका छन् भने गायनमा शान्तीश्री परियार, प्रताप दास, बेनिशा पौडेल, हरि गिरी (विमर्शी) लगायतको समावेश छन्। गीत रचनामा आशिष ढकाल, सिर्जना लम्साल, हरि गिरी (विमर्शी) छन्। फिल्मको वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ।

प्रकाशित: २४ कार्तिक २०८२ ११:२३ सोमबार