कला/साहित्य

पारिवारिक कथा बोकेको ‘मिस्टर भोला’ दर्शकमाझ चर्चामा

मिरा थापाको निर्माण तथा कलाकार / निर्देशक दिलिप थापाद्वारा लेखन  निर्देशन गरिएको पारिवारिक कथामा आधारित सिरियल ‘मिस्टर भोला’ यतिबेला दर्शकमाझ चर्चामा रहेको छ। पारिवारिक परिवेशमा आधारित यस सिरियलमा  सामाजिक, प्रेम तथा साथीभाइबीच हुने विश्वासघातका घटनालाई समेटिएको  निर्माण टिमले जनाएको छ।

सिरियलमा ‘भोला’ पात्र केन्द्रमा रहेका छन्। यस सिरियलमा भोला र अरू कलाकारका   जीवन यात्रा, पारिवारिक सम्बन्ध र उतारचढावलाई देखाइएको छ। हास्य दृश्यहरूसँगै भावनात्मक पक्षलाई सिरियलमा सन्तुलित रूपमा प्रस्तुत गरिएकाले दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

यस सिरियलमा मुकुन्द मैनाली, दिलिप थापा, नमराज तिवारी, मनोज केसी, जानुका नेपाली, आनन्दजंग थापा, खड्का बा, अस्मिता बस्नेत, कमल भुसाल, जुना सुब्बा, जनार्दन थापा, अनुराग लामा, कृषल थापा, सिर्जना गजमेर, आसलालको जिन्दगी र एसके थापा लगायतका कलाकारहरूको अभिनय छ। सिरियलको कथा तथा निर्देशनसँगै दिलिप थापा यस सिरियलको मुख्य भूमिकामा पनि देखिएका छन्।

प्राविधिकतर्फ, सम्पादन कृषल थापाले गरेका छन् भने छायांकनको जिम्मेवारी गोपाल खड्काले सम्हालेका छन्। काठमाडौंको तारकेश्वर क्षेत्रमा छायांकन गरिएकाले स्थानीय क्षेत्रमा सिरियलले राम्रो चर्चा पाइरहेको छ।

यो सिरियल हरेक  बुधबार ६:३० बजे दिलिप टिभी नामक युटुब च्यानलमार्फत प्रसारण भइरहेको छ। मिस्टर भोला टिमले ठुलो पर्दाको चलचित्र बनाउने तयारी पनि गरिरहेको  निर्देशक दिलिप थापाले जानकारी दिए।

प्रकाशित: २८ जेष्ठ २०८३ ०७:३५ बिहीबार