पुस १० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मुगलान’को गीत ‘मेरो प्रियमत’ रिलिज भएको छ। सोमबार निर्माण पक्षले गीत रिलिज गरेको हो।
गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई फिचरिङ गराइएको छ। उनीहरुको जोडीलाई यो गीतमा निकै सुहाएको देखिन्छ।
गीतमा प्रताव दास र बेनिशा पौडेलको स्वर सुन्न सकिन्छ भने यस गीतलाई सिर्जना लम्सालले लेखेकी हुन्। किरण भुसालको संगीत रिदम कँडेलको संगीत संयोजन रहेको यो गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका छन्। यस गीतको कोरियाग्राफी देबेन्द्र कुँवरको छ भने छायांकन अजय रेग्मीको छ।
यसअघि ‘मुगलान’मा समावेश गीत ‘पिन्टु पियारी’रिलिज गरिएको थियो। जुत्त गीतलाई दर्शकले मन पराएका थिए।
रिहान प्रोडक्सनको ब्यानरमा बनेको ‘फिल्म ‘मुगलान’मा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकालसँगै श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, खबपु, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम, सबिन बास्तोला लगायतका कलाकारले अभिनय गरेका छन्।
आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्मका निर्माता गोमन सिंह हुन्। निर्माता सिंहको यो डेब्यु निर्माण हो। त्यसैगरि यो फिल्मको को–प्रोड्युसरमा रीता चौधरी हुन् ।
तारा थापा ‘किम्भे’को सम्पादन, जय बिष्ट र राम गुरुको द्वन्द्व निर्देशन रहेको यो फिल्ममा बिजिएम रिदम कँडेलको छ। फिल्ममा कोरियोग्राफर देबेन्द्र कुँवरको छ भने डिओपी अजय रेग्मीको छ।
फिल्ममा संगीत किरण भुषालले दिएका छन् भने गायनमा शान्तीश्री परियार, प्रताप दास, बेनिशा पौडेल, हरि गिरी (विमर्शी)को छ। गीत रचनामा आशिष ढकाल, सिर्जना लम्साल, हरि गिरी (विमर्शी)का छन्।
प्रकाशित: १५ मंसिर २०८२ २०:५५ सोमबार