भारतीय निर्देशक सुभेन्दु घोषको निर्देशनमा तयार भएको चलचित्र ‘मास्टर्नी’ को ट्रेलर सार्वजनिक भएको छ। बिहिबार काठमाडौंमा कार्यक्रम आयोजित गर्दै टिमले ट्रेलर सार्वजनिक गरेको छ।
करिब दुई मिनेटको ट्रेलरमा चलचित्रको मुख्य कलाकारलाई समावेश गरिएको छ। जहाँ आमा छोरीको रक्षाको लागि गरिएको संघर्षलाई देखाउन खोजिएको छ। क्राइम थ्रिलर तथा मर्डर मिस्ट्री जनरामा केन्द्रीत चलचित्रमा नेताकी छोरी बेपत्ता भएपछि आमाले छोरीको रक्षाको लागि गरेको विभिन्न संघर्षलाई देखाउन खाजेको छ।
चलचित्रमा मुख्य भूमिकामा प्रियांका कार्की आमाको भूमिकामा र सिम्रन खड्का छोरीको भूमिकामा प्रस्तुत छन्। साथमा आर्यन सिग्देल, अनुपविक्रम शाही, प्रमोद अग्रहरी, सरोज खनाल, गौरी मल्ल, ऋचा शर्मा, रक्षा थापा, सन्दीप क्षेत्री, दीपकराज गिरी, जितु नेपाललगायत कलाकारहरूको अभिनय छ।
आयंका फिल्म्सको ब्यानरमा निर्माण भएको 'मास्टर्नी' निर्मातामा प्रियंका कार्की , आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की छन्। संवाद लेखनमा भने प्रियंका र शानको सहकार्य छ।
'मास्टर्नी' भदौ ५ गतेदेखि प्रदर्शन तयारीमा छ।
प्रकाशित: २२ श्रावण २०८३ १२:०३ शुक्रबार