टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्म ‘मन विनाको धन २’ मा नायक महेश त्रिपाठी अनुवन्धित भएका छन् । टंकले महेशसँग कागजी संझौता गरिसकेका छन् ।
महेशको भूमिका फिल्ममा के हो भन्ने खुलेको छैन तर एउटा पारिवारिक र सामाजिक कथामा फिल्म बनाउने तयारी टंकको छ।
यसअघि यो फिल्ममा नायिका पूजा शर्मा अनुबन्धित भइसकेकी छन् । फिल्ममा पूजा र महेशको जोडी बाधिने हो या होइन भन्ने विषयमा निर्माण पक्षले केही पनि बोलेको छैन।
फिल्ममा पटकथा तथा संवाद शिवम् अधिकारीको रहनेछ । अहिले, शिवम्ले धमाधम यो फिल्मको कथा लेखिरहेका छन् । फिल्ममा कथा र संगीत पनि टंककै रहनेछ।
टंकले फिल्मको सबै पात्रमा नाम चलेका र दर्शकले रुचाएका कलाकारलाई अनुवन्धित गर्ने योजना रहेको सुनाए । टंक बुढाथोकी फिल्मस्को व्यानरमा यो फिल्म बन्न लागेको हो। यो फिल्मलाई विष्णु माया मैनालीले निर्माण गर्नेछिन्।
प्रकाशित: ३१ वैशाख २०८३ ०६:४० बिहीबार