कला/साहित्य

महेश बाबुको ५१औँ जन्मदिनमा फ्यानलाई सरप्राइज

‘वाराणसी’को रुद्र लुक आउट

महेश बाबुको ५१ औँ जन्मदिनको अवसरमा फ्यानहरूले जबरजस्त सरप्राइज पाएका छन्। उनको अगामि चलचित्र ‘वाराणसी’ का निर्माताहरूले उनको पात्र रुद्रको पहिलो लुक सार्वजनिक गरेका छन्। उनको सार्वजनिक लुकले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ।

सार्वजनिक तस्बिरहरूमा महेश बाबु जंगलको कुनै शान्त ठाउँमा निकै प्रभावशाली रूपमा देखिएका छन्। सार्वजनिक तस्विरमा उनी केही गम्भीर र रहस्यमय  देदिएका छन्।

निर्देशक एसएस राजामौलीले रुद्रको पात्रमा समझदारी, कमजोरी र शक्तिको मिश्रण रहेको बताइएको छ। त्यसैले यो पात्र केवल एक एक्सन हिरोमा सीमित नभई भावनात्मक पक्ष पनि बोकेको देखिन्छ।

यद्यपि चलचित्रको कथा पूर्ण रूपमा गोप्य राखिएको छ। कथामा ‘शाम्भवी’ नामको एउटा एस्टेरोइड वाराणसीतर्फ अघि बढिरहेको हुन्छ, जसले पृथ्वीका लागि ठूलो खतरा निम्त्याउँछ। महेश बाबुले चलचित्रमा एक पुरातत्त्वविद्को भूमिका निभाएका छन्, जसलाई विशेष मिसनका लागि छनोट गरिन्छ।

उनको साथमा प्रियंका चोपडाले मन्दाकिनी नामक पात्रमा देखिने भएकी छन्। उनी एक इतिहासविद् तथा उत्कृष्ट शूटर हुन्।

महेश र प्रियंकाका पात्रहरू मिलेर पृथ्वीलाई ठूलो खतराबाट बचाउन खतरनाक मिसनमा निस्किन्छन्। उनीहरूको यात्रा अफ्रिका, अन्टार्कटिका र युरोपसम्म पुग्नेछ।

‘वाराणसी’को छायांकन अफ्रिकाका आकर्षक स्थानहरू गरिएको छ। सार्वजनिक तस्बिरहरूमा महेश बाबु कहिले विशाल प्राकृतिक दृश्यहरू नियालिरहेका देखिन्छन् भने कहिले शान्त रूपमा आराम गरिरहेको देखिन्छ।

राजामौलीको निर्देशनमा निर्माण भइरहेको ‘वाराणसी’ ७ अप्रिल २०२७ प्रदर्शनको तयारीमा छ। चलचित्रलाई लिएर महेश बाबुका फ्यानहरू निकै उत्साहित छन् र यसको रिलिजको प्रतीक्षा गरिरहेका छन्।

प्रकाशित: २४ श्रावण २०८३ १३:३१ आइतबार