कला/साहित्य

गीतकार म्यामराज राईकाे ‘समयको गतिसॅंगै’ सार्वजनिक

गीतकार म्यामराज राईकाे ‘समयको गतिसॅंगै’ म्युजिक भिडियाे सार्वजनिक भएकाे छ। मेचु धिमालकाे स्वर तथा सङ्गीतले गीतलाई सार्थक तुल्याएका छन्। त्यस्तै मिक्सिङ चन्द्र चौधरी,  निर्माता अञ्जना राई रहेका छन्।

समीक्षा, लघुकथा, गीत जस्ता साहित्यका विविध विधामा कलम चलाउने गीतकार राईका ‘हाम्राे बाटाे’ र  ‘बुन्छत’ दुई लघुकथासंग्रह र ‘महक’  टुक्का कवितासंग्रह प्रकाशित छन्। 

समयको गतिसॅंगै

समयको गतिसॅंगै पाइला नचालेपछि

जहाँ तिम्रो वाचा झुटो सावित भएपछि

सिन्दूर पोते तिम्रो नामको अर्थ के रह्यो र!

तिमीभित्र तिमी छैनौ मैले के पाएँ र !

म सुम्निमा भएँ, तिमी पारुहाङ

मगमगाउने फूल भएँ, तिमी बगान

सपनामा मात्र सम्झेर मैले के गर्नु ?

घरमुनि कुलो बगेर मैले के गर्नु ?

फुलिसकेको बाँस बढेर मैले के गर्नु ?

थुन्चे तयार पारेर खुर्पी भिरेर

तिम्रो जवाफ पर्खें, चनाखो भएर

सपनामा मात्र सम्झेर मैले के गर्नु ?

घरमुनि कुलो बगेर मैले के गर्नु ?

फुलिसकेको बाँस बढेर मैले के गर्नु ?

प्रकाशित: २४ जेष्ठ २०८३ १२:४७ आइतबार