गीतकार चन्द्र जयपाल राईकाे ‘सेतो खाली पाना’ गीत सार्वजनिक भएकाे छ। मेघराज रानाहँछाकाे मीठाे स्वर र सङ्गीतले गीतकाे प्राण भरेकाे छ।
उक्त गीतमा ‘चन्द्र जयपाल युट्युब च्यानल’ बाट सार्वजनिक भएकाे हाे। राजु कार्कीकाे ऐरेन्ज, मिक्सिङ मास्टरिङ रहेकाे छ। गीत माहोल स्टुडियाेमा रेकर्ड भएकाे हाे भने डीजे मेवाहाङ भिडियो जस्ले बजारमा ल्याएकाे छ।
यसअघि ‘रित्तो जन्में रित्तो जान्छु’, ‘हेलो हाई नमस्कार’, तिमी मेरो पारुहाङ, तिमी मेरो सुम्निमा, हेल्लो हाई नमस्कार, बाबा नामक उनकाे गीत रेकर्ड भएकाे छ।
खाेटाङकाे दिक्तेल रूपाकाेट मझुवागढी नगरपालिका -९, निर्मलीडाँडा, लामाखु (पिपचुङ), माझाटोलमा जन्मिएका गीतकार राईले सानैदेखि समाज सेवामा अभिरूचि पालेका थिए। गीतकार राई किरात राई चाम्लिङ खाम्बातिम, बेलायतको प्रमुख सल्लाहकार, खोटाङ सेवा समाज, बेलायतका महासचिव र किरात राई यायोक्खा, बेलायतका सचिव हुन्।
प्रकाशित: १२ मंसिर २०८२ १२:२५ शुक्रबार