कला/साहित्य

गीतकार वसन्त वित्यासी थापाकाे ‘आँखी झ्यालैमा’ सार्वजनिक

गीतकार वसन्त वित्यासी थापाकाे ‘आँखी झ्यालैमा’ म्युजिक भिडियाे सार्वजनिक भएकाे छ।संगीतकार कल्याण सिंहकाे संगीत र पुनम गुरुङको सुमधुर स्वरले गीतलाई जीवन्तता तुल्याएकाे छ।

बेस्ट टोन म्युजिकको आधिकारिक युट्युब च्यानलबाट गीतकाे भिडियाे सार्वजनिक गरिएको हो।

गीतले प्रेम र भावनात्मक अनुभूति सुन्दर रूपमा समेटेकाे छ। गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ दिनेश श्रेष्ठले गरेका छन्। रेकर्डिङ डी स्टुडियोमा गरिएको हो।

विनोद बमले गीतको भिडियो सम्पादन गरेका हुन् भने सांग्रिला क्रिएसन, काठमाडौंले पोस्टप्रोडक्सन गरेको हाे।

भकारी म्युजिक डेभलपमेन्ट कम्पनीको प्रस्तुति रहेको यो गीत मेलोडियस शैलीमा तयार गरिएको निर्माण पक्षले जनाएको छ।

प्रकाशित: ७ असार २०८३ १३:५४ आइतबार