चलचित्र लोकन्तीको पोस्टर सार्वजनिक भएको छ। रन्जित राणा निर्देशित चलचित्रमा प्रेम, सङ्घर्ष र समाजको सूक्ष्म द्वन्द्व रहने छ।
कृशन फिल्मसको ब्यानरमा बनेको चलचित्रको पोस्टर सार्वजनिक गर्दै चलचित्र प्रदर्शन मिति तोकिएको छ। चलचित्र आगामी मंसिर २६ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।
काभ्रेका सुन्दर ठाउँमा चलचित्रको छायांकन गरिएको छ। साथै ‘लोकन्ती’ प्रेम भित्र लुकेका सामाजिक समवेदनालाई कथामा बुनिएको छ । सिनेमाका निर्माता सन्तोष न्यौपाने हुन् ।
सिनेमामा यशराज, ऋचा थापा, विमला लिम्बू, कुमार न्यौपाने, विकाश अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभातलगायतका कलाकारको मुख्य भूमिका छ । सिनेमाबाट कुमार न्यौपाने र विकाश अधिकारीले नेपाली चलचित्रमा डेव्यु गर्दैछन् ।
सिनेमाको संगीत निर्देशनमा विकास चौधरी, छायांकनमा रोनिश तामाङ च्याङ्बा छन् । नेपाली संस्कृतिमा आधारित भावनात्मक तथा सामाजिक कथानक सिनेमा ‘लोकन्ती’ले दर्शकलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ ।
प्रकाशित: ३ मंसिर २०८२ १५:२७ बुधबार