साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितको साताैं कथासङ्ग्रह ‘नलेखिएको एउटा कथा’ बजारमा आएकाे छ।
२०३५ सालदेखि नै निरन्तर लेखन यात्रामा लागेका सरितकाे साताैं कथासङ्ग्रह भर्खरै भुँडीपुराण प्रकाशनले प्रकाशनमा ल्याएकाे हाे। उक्त कृतिमा २४ कथा सङ्गृहीत छ।
नेपाली लेखनमा लाेकप्रिय उनका दिदीको देवर, एकजोर फूलघोडा, जस्केलोबाट चियाउने सूर्य, सरितका प्रतिनिधि कथा, ऋतु फेरिदै जान्छ, डाइभर प्रकाशित छन्।
कथा, कविता, गीत, गजल, मुक्तक, समीक्षा, नियात्रा, उपन्यास लेखनमा उनको उल्लेख्य योगदान छ।साहित्यिक पत्रकारिताको पनि सक्रिय उनको खरायोको खोरमा, बाटुली, मेरी छोरी मान्या, बालकथाकृति प्रकाशित छन्। फुटकर रूपमा उनकाे दर्जनाै कथा प्रकाशित छन्।
नेपाली साहित्यमा सुललित भाषाा र सुन्दर शैलीका धनी लेखकका रूपमा परिचित छवि बनाएका छन्। उक्त कथासङ्ग्रहमा प्राडा दयाराम श्रेष्ठको महत्त्वपूर्ण भूमिका छ जसले सङ्गहका कथाहरूकाे विहङ्गम समालोचकीय दृष्टकोण प्र्स्तुत गरेको छ। उक्त कृतिको मूल्य ४९० छ।
प्रकाशित: १५ कार्तिक २०८३ ०८:५४ आइतबार