कला/साहित्य

साहित्यकार भागीरथी श्रेष्ठको ‘पानीको अर्थ’ लाेकार्पण

लघुकथा समाज नेपालले साहित्यकार भागीरथी श्रेष्ठको दाेस्राे लघुकथासंग्रह ‘पानीको अर्थ’ लाेकार्पण गरेकाे छ।

कार्यक्रममा प्रमुख अतिथि प्राडा दयाराम श्रेष्ठ लगायतले कृति लोकार्पण गरे।

उक्त अवसरमा प्रमुख अतिथि डा. श्रेष्ठले लघुकथा लेखनमा संरचनागत शुद्धता हुनुपर्नेमा बताए। उनले कृतिका लघुकथाहरूबारे आफ्नो धारणा पनि राखेका थिए।

डा. दीनबन्धु शर्माले लाेकार्पित लघुकथासंग्रह ‘पानीको अर्थ’ काे समीक्षात्मक टिप्पणी गरेका थिए। सांकेतिक प्रभाव र दार्शनिक दृष्टिकोणले उनका लघुकथाहरू उत्कृष्ट भएकाे बताए।

त्यस्तै डा. हरिप्रसाद भण्डारीले ‘पानीको अर्थ’ का लघुकथाहरूको प्रवृत्तिगत चर्चा गरेका थिए। उनका लघुकथाहरूले विकृति र विसंगति र राजनीति र देशको अवस्थामाथि तिखो व्यङ्ग्य गरेको बताए।

स्रष्टा समाज नेपालका अध्यक्ष तथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले उक्त लघुकथासंग्रहले भागीरथी श्रेष्ठको उचाइ अझ उठाएको बताए।

लघुकथाकार श्रेष्ठले आफ्नो लघुकथा लेखनका विषयमा बोल्दै पाठकको मायाले यो कृति प्रकाशनमा आएको बताइन्।

लघुकथा समाज नेपालका तारा केसीले सञ्चालन गरेकाे कार्यक्रममा केशव पराजुली, तुलसीहरि कोइराला, पद्मावती सिंह, जलेश्वरी श्रेष्ठ लगायतले बोलेका थिए।

प्रकाशित: १२ चैत्र २०८२ १०:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App