संसदीय निर्वाचन सकिएसँगै सिनेमा घरहरूमा चलचित्र प्रदर्शनमा आउने क्रम सुरु भइसकेको छ।
यसको सुरुवातमा आज (शुक्रबार)देखि चलचित्र ‘लालिमा’ को प्रदर्शन भएको छ।
चलचित्रमा तीन हजारभन्दा बढी यौनकर्मीहरूको समस्या, पीडा र मानसिकताको घटनालाई केन्द्रमा राखिएको छ।
चलचित्रमा मुख्य पात्र रोशनी कार्कीले यौनकर्मीको भूमिका निभाएकी छन्। उनले यो भूमिका निभाउन १० जना यौनकर्मीसँग भेट गरेकी थिइन्।
रोशन मिराजले निर्देशन गरेको चलचित्रमा जीवन भट्टराई, उषा रजक, शिशिर वाङदेल, सुष्मा निरौलालगायत कलाकारहरूको अभिनय छ। फेथ आस्थाले एम्पलिफाइ चेन्जसँगको सहकार्यमा निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता रीना लामा हुन्।
लालिमाको रनटाइम ११७ मिनेट रहेको छ।
प्रकाशित: २९ फाल्गुन २०८२ १२:०६ शुक्रबार