कला/साहित्य

सामूहिक लघुकथासंग्रह ‘कुनिउँ’ को लाेकार्पण

स्रष्टाद्वय रामकुमार पण्डित र डा. कमला तामाङले सम्पादन गरेकाे संयुक्त लघुकथासङ्ग्रह ‘कुनिउँ’ को लाेकार्पण भएकाे छ।

लघुकथाकार सुनिता निरौला पौडेलको निवासमा लगाइएको पूजाको समारोहमा अवसर पारेर कृतिकाे लाेकार्पण गरिएकाे हाे।

सम्पादक रामकुमार पण्डित, लघुकथाविद् डा. पुष्करराज भट्ट, मिसु श्रेष्ठ थपलिया, सुनिता निराैला, शान्ता तिम्सिना, निर्मला बराल लगायतले कृतिकाे लाेकार्पण गरेका हुन्।

कार्यक्रममा निर्मला बराल, शान्ति भण्डारी दाहाल, यमुना प्रधानाङ्ग लगायतका उपस्थिति थियो।

पुस्तकको सम्पादक पण्डित साहित्यका विविध विधामा कलम चलाउँछन्।  सहसम्पादक डा. कमला तामाङ दार्जिलिङकी लाेकप्रिय हुन्।

पुस्तकको प्रकाशन घुम्ती कविगोष्ठी नेपालले गरेको हो। १६० पृष्ठ भएको पुस्तकमा ७७ लघुकथाकारको लघुकथा समेटिएको छ।

प्रकाशित: २१ चैत्र २०८२ ०७:४० शनिबार