कला/साहित्य

‘काजी’ र ‘मितज्यू’ प्रदर्शनमा

शुक्रबारदेखी दुई नयाँ नेपाली चलचित्र फरक स्वाद लिएर प्रदर्शनमा आएको छ। आज ‘फ्राइडे रिलिज’ अन्तर्गत  चलचित्र ‘काजी’ र ‘मितज्यू’ प्रदर्शनमा आएको छ।

अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्र  ‘काजी’ प्रदर्शनमा आएको छ। ग्रामिण प्रेम कथामा आधारित चलचित्रले भावणात्मक प्रेम कथाको स्वाद पस्कने छ। लक्ष्मण रिजालको निर्देशनमा रहेको चलचित्रलाई ‘क्लासिक लभस्टोरी’ बताइएको छ। जहाँ नवविवाहित जोडीको कथा प्रस्तुत गरिएको छ। चलचित्रले पहिलो दिनमा १५० शो पएको छ।

अर्कोतर्फ अभिनेता सौगात  मल्ल र दयाहाङ  राइ अभिनित चलचित्र ‘मितज्यू’ मा डेब्यु कलाकार तेरिया फौजा मगरको अभिनय देख्न सकिन्छ। उनले डान्स रियालिटि शोबाट चलचित्र  क्षेत्रमा डेब्यु गरेकी हुन्।

अनिल बुढा मगर निर्देशित चलचित्रले मित्रता र सामाजिक द्धन्द र मित्रता देखी द्धन्दमा परिणत भएको कथा प्रस्तुत गर्नेछ।

प्रकाशित: ८ जेष्ठ २०८३ १३:३९ शुक्रबार