बलिउड अभिनेता कार्तिक आर्यन चलचित्रको छायांकनका क्रममा घाइते भएका छन्। निर्देशक कबीर खानको नयाँ चलचित्रको एक्सन दृश्य खिच्ने क्रममा उनको घुँडामा गम्भीर चोट लागेको हो।
चलचित्रको छायांकन सकिन अब दुई दिन मात्र बाँकी रहेको बेला यो दुर्घटना भएको हो। चोट लागेलगत्तै उनलाई उपचारका लागि अस्पताल लगिएको छ।
इंडिया टुडेको रिपोर्ट अनुसार, कठिन एक्सन दृश्यका लागि कार्तिकले प्रशिक्षकसँग कडा अभ्यास गरिरहेका थिए। सोही क्रममा एक दृश्य खिच्ने बेला उनको घुँडामा चोट लागेको हो।
चिकित्सकले उनको घुँडाको शल्यक्रिया गर्ने तयारी गरेका छन्। शल्यक्रियापछि उनले केही दिन आराम गर्नुपर्ने बताइएको छ। स्वास्थ्यमा पूर्ण रूपमा सुधार आएपछि मात्र उनी काममा फर्किनेछन्।
कबीर खानको यो चलचित्रबाहेक कार्तिकसँग अन्य धेरै प्रोजेक्ट पनि छन्। उनी मृगदीप सिंह लाम्बाको निर्देशनमा बन्ने फ्यान्टेसी-कमेडी-एडभेन्चर चलचित्र 'नागजिला' र 'क्याप्टेन इन्डिया' मा पनि देखिनेछन्।
प्रकाशित: ३ भाद्र २०८३ ११:२५ बुधबार