कला/साहित्य

ज्योतिको व्यंग्यः ...पहिल्यै थाहा पाए म पनि खत्रै नेता बनिसक्ने रैछु!

जेनजी अगुवाहरू लक्षित गर्दै अभिव्यक्ति दिँदै आएकी गायिका ज्योति मगरले अर्को व्यंगात्मक अभिव्यक्ति दिएकी छन्। मंगलबार फेसबुकमार्फत ज्योतिले अर्को चोटिलो व्यंग्य गरेकी छन्।

‘अबको मेरो उद्देश्य भनेको अमेरिकन युथ काउन्सिलको सदस्यता लिने, बारबरा फाउन्डेसनसँग सहकार्य गर्ने, अनि हामी नेपालको टिमसँग पानी बाँड्न जाने,’ ज्योतिले लेखेकी छन्, ‘यति भएपछि म भन्दा राष्ट्रवादी र मभन्दा बलियो नेपाली को हुन सक्छ...?’  

यही कुरा पहिले थाहा पाएको भए अहिलेसम्म आफू खत्रै नेता बनिसक्ने उनले भनेकी छन्। ‘पैले नै यो कुरा थाहा भाको भए आज म पनि खत्रै नेता या मन्त्री बन्ने रैछु यार। बेकारमा देश संविधान कानुन मान्नुपर्छ भन्दै सो कल्ड गाइने भैयो,’ उनले अगाडि भनेकी छन्। ‘त्यो पनि यो समाजको नजर मा छाडा...’ भनेर उनले अगाडि लेखेकी छन्।  

‘गाइच प्लिज हेल्प गर्नु न यती, मलाइ नि सदस्यता दिलाउनु परो। म देशद्रोह गर्न सिक्दैछु। म कानुन मिच्न नि सिँक्दै छु। चाँडै म देश जलाउने बम–सम बनाउन पड्काउन नि सिकिहाल्छु...,’ ज्योतिले अगाडि यसरी व्यंग्य कसेकी छन्।  

प्रकाशित: ९ मंसिर २०८२ १७:५६ मंगलबार