गायिका ज्योति मगरले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उनका समर्थकलाई लक्षित गर्दै सात प्रश्न तेर्स्याएकी छन्।
ज्योतिले आज सामाजिक सञ्जालमार्फत प्रश्न तेर्स्याएकी हुन्। उनले दश दिनको लामो तिहार बिदा सक्यो कि सकेन भन्दै प्रश्न गरेकी हुन्।
यस्तै, उनले महानगरपालिकाको भवनको सुरुआत भयो कि भएन, काठमाडौंको फोहोरले कति बिजुली उत्पादन भयो, अचेल महानगरको मिटिङ पाँच मिनेटमै सकिन्छ कि सकिँदैन, मेयर बालेनले पार्टी गर्दा, डोजर चलाउँदा झ्याप भएर र्याप ब्याटलको शो मा अतिथि भएर जाँदादेखि महानगरको गोप्य मिटिङ गर्दासम्म अगाडि पछाडि क्यामरा तेर्स्याउने भाइहरू अचेल कता गए, मेयरका 'हनुमान' नगर प्रहरी प्रमुख राजु पान्डे जीको बहुविवाह काण्ड के भयो भन्दै प्रश्न गरिन्।
प्रकाशित: १४ मंसिर २०८२ १३:४७ आइतबार