कला/साहित्य

पत्रकार गौतमलाई सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार

सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम सम्मानित भएका छन्। सो पुरस्कारको राशि  २५ हजार सहित सम्मानपत्र रहेको छ।

उनी राष्ट्रिय समाचार समिति (रासस) का तत्कालीन नारायणी अञ्चलका प्रमुख समेत थिए।

नेपाल पत्रकार महासङ्घ पर्सा शाखाद्वारा आयोजित कार्यक्रममा नवनिर्वाचित सांसद बुद्धिप्रसाद पन्तले पत्रकार गौतमलाई सम्मान अर्पिएका हुन्।

नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले पत्रकार गौतम अस्वस्थ भएकाले उनकै घरमा पुगेर सम्मान अर्पिएको बताए।  

प्रकाशित: ११ चैत्र २०८२ १२:४० बुधबार