चलचित्र ‘जलाकी’ को प्रदर्शन मिति घोषणा भएको छ। सोमबार शुभ अवसरमा चलचित्रको दुई पोस्टर सार्वजनिक गरिएको छ।
अशोक थापा मगरको दोस्रो निर्देशकिय चलचित्रमा मुख्य भूमिकामा सोनम तोप्देन र उपासना सिंह ठकुरी हुन्। भने यी दुई नै उक्त पोस्टरमा प्रस्तुत गरिएका छन्। प्रेमकथालाई फरक-फरक भाव र मनोविज्ञानबाट प्रस्तुत गरेको छ । सार्वजनिक यी दुई पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले तयार पारेका हुन्। पहिलो पोस्टरमा यी दुई कलाकार प्रेम र खुशी भावमा प्रस्तुत छन्। भने दोस्रो पोस्टरमा यी दुई दुखी र भावुक भावमा प्रस्तु देखिएका छन्।
‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो। निर्देशक मगरले यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावना समेटिएको कथा सिनेमामा प्रस्तुत गरिएको बताए।
चलचित्रमा सोनम र उपासनासहित शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा,रिन्सी धनहा मगरले अभिनय गरेका छन्।
चलचित्रका निर्मातामा ओम घर्ति मगर, बीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्। चलचित्र भने मंसिर ४ गतेदेखि प्रदर्शनको तयारीमा रहेको छ।
प्रकाशित: १५ असार २०८३ ११:४२ सोमबार