बलिउडका चर्चित गायक शान्तनु मुखर्जी (शान) शुक्रबार काठमाडौं आएका छन्।
ठमेलस्थित क्लब नोभामा शनिबार राति आयोजना हुने साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आएका हुन्।
शनिबार क्लब नोभामा हुने कार्यक्रममा उनले आफ्ना करिब ४० वटा चर्चित गीतहरू प्रस्तुत गर्ने तालिका रहेको छ।
यसपटक बसाइका क्रममा पशुपतिनाथ मन्दिरको दर्शन गर्ने उनले इच्छा व्यक्त गरेका छन्। गायक शान यसअघि सन् २०११ मा नेपाल आएका थिए।
बलिउड चलचित्र ‘प्यार मे कभी कभी’ मा समावेश नेपाली शब्द समेटिएको गीत ‘मुसुमुसु हाँसिदेऊ’ मा शानकै स्वर रहेको छ। यो गीत भारत लगायत नेपालमा लोकप्रिय रह्यो।
उनले दुई दशक भन्दा समयदेखि भारतमा आफ्नो गायनले योगदान पुर्याइरहेका छन्।
प्रकाशित: ५ भाद्र २०८३ १८:४५ शुक्रबार