नीम करोली बाबाको जीवन तथा दर्शनमा आधारित चलचित्र ‘हनुमान अंश’ नेपालमा पनि प्रदर्शनमा आउने भएको छ।
दुई करोड भारुमा निर्माण भएको यो चलचित्र बिना कुनै ठुलो प्रचार प्रसार तथा स्टार कलाकार नै यो चलचित्रले इतिहास रच्न सफल भएको छ। ‘हनुमान अंश’ प्रदर्शनको चौथो सतासम्म आईपुग्दा ब्लकबस्टर साबित भएको छ। सुरुवाती पहिलो तथा दोस्रो सतामा बक्स अफिस कलेक्सन कमजोर देखिए पनि हाल सम्म यसले १३१ भारुको व्यापार गर्न सफल भएको छ।
पहिलो सातामा यसले नेट कमाइ १.०८ करोड भारु थियो भने दोस्रो सातामा थप ४० लाख भारु मात्रै कमायो। यसरी दुई सातामा चलचित्रको कुल नेट कमाइ १.४८ करोड भारुमा मात्र रह्यो। भने तेस्रो सातामा चलचित्रले रफतार रमायो १०.४० करोड भारु नेट कमायो भने चौथो सातामा ६१ करोड भारु कमाउँदै बक्स अफिसमा तहल्का मच्चायो। पहिलो दिन १० लाख भारुबाट बक्स अफिस यात्रा सुरु गरेको फिल्मले हालसम्म भारतमा १३१ करोड भारु नेट कमाइ गरिसकेको दाबी गरिएको छ।
अगस्ट ७ देखि भारतमा प्रदर्शनमा आएको यो चलचित्र हाल शुक्रबारदेखि नेपालमा प्रदर्शनमा आउने तयारीमा छ।
प्रकाशित: २४ भाद्र २०८३ १३:४१ बुधबार



-600x400.jpg)