क्षितिजको दृष्यमा ऊ टोलाइरहेको थियाे। सन्तान, परिवार र आफन्तबाट टाढा भएर एकान्तमा ऊ पिपलको बोट तल थियो एकाएक रुखबाट फ्यात्त बचेरा उसको काखमा खस्याे।
ऊ झस्सङ्ङ भयाे र बचेरालाई यसाेउसाे वल्टाईपल्टाई गर्याे अनि मुन्टाे उठ्याएर माथितिर हेर्याे।
पिपलकाे बोटबाट चराकाे क्रन्दन अायो एउटा चरा भुर्र उड्यो वेग लिएर खै कता पुग्यो फेरि देखिएन उसले टप्प आँसु खसाल्याे।
उसलाई लाग्यो, ओहो! अब त्यो स्वतन्त्र भयो। सायद त्यो बाबू चरा थियो। यो बच्चा त जिउँदै छ। अब म के गरौँ?
मनले भन्याे। मैले पनि यसरी नै सन्तान त्याग्नुपर्ने रहेछ।
-राेशन पराजुली
प्रकाशित: १५ कार्तिक २०८३ ०९:२५ आइतबार