कला/साहित्य

भागमा जति थियो आमाको प्यार पाएकै हो!

गजल

भागमा जति थियो आमाको प्यार पाएकै हो,

हजुरले गरेको अरूलाई झैँ सुसार पाएकै हो।

काखमा खेल्ने बेला विदेशी भूमिमा भए पनि,

फर्की आउँदा पाउनुपर्ने अधिकार पाएकै हो।

नौ महिनासम्म बसें हजुरकै कोखमा मै पनि,

तीन वर्षसम्म नै अमृतको उपहार पाएकै हो।

पहिलो पाइलो डोराउने  सहारा पनि हजुर नै,

जिन्दगी जिउने हजुरको आधार  पाएकै हो।

आज भित्तामा टाँसेको  तस्विरमा पुजा गर्दा,

सपनीमा आउनेछु भन्ने समाचार पाएकै हो।

गरिबी कति निर्दयी आमाको छुटाउने काख,

आउँदैन चोला सङ्केत  बारम्बार पाएकै हो।

प्रकाशित: ७ वैशाख २०८३ ०८:३५ सोमबार