कला/साहित्य

काजलले भन‍िन् : समय आउँछ र त्यो बेला म सबै प्रमाणसहित मिडियामा आउनेछु

अभिनेत्री काजल कर्णले चलचित्र 'चिरञ्जिवी भवः' का टिम तथा निर्देशकमाथि जातीय तथा क्षेत्रीय विभेद गरेको आरोप लगाएकी थिइन्। तर उक्त चलचित्रका निर्देशक दीपकप्रसाद आचार्यले भने स्वयं सामाजिक सञ्जालमार्फत काजलले लगाएका हरेक विवादका खण्डन गरेका थिए।

तर यो जातीय तथा क्षेत्रीय विभेदको विवाद अझ पनि सेलाएको भने छैन। मंगलबार काजलले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफूले ‘फिल्म आर्टिस्ट एसोसिएसन अफ नेपाल’ मा इमेल मार्फत औपचारिक उजुरी बुझाएकी छिन्। साथै सम्बन्धित प्रमाणहरू पेस गरिसकेको उनको भनाइ छ। आफू चुप बस्नै गाह्रो भएर उक्त कदम चालेको उनले उल्लेख गरिन्।

‘किनभने यो कुरा केवल एउटा फिल्मको सेटमा भएको घटना मात्र होइन- यो मेरो अस्तित्व, मेरो पहिचान र मेरो आत्मसम्मानसँग जोडिएको विषय हो,’ काजलको भनाइ छ। उनले थपिन्, ‘समय आउँछ र त्यो बेला म सबै प्रमाणसहित मिडियामा आउनेछु। त्यो दिन सबैले सत्य के हो थाहा पाउनेछन्।’

प्रकाशित: ३० असार २०८३ ११:४९ मंगलबार