कला/साहित्य

म भुई मान्छे हुँ!

कविता

म कहाँ ठुलो छु र !

म भुई मान्छे हुँ!

भुईमै जन्मे भुईमै खेले

आज मलाई भुईले नै बँचाएको छ

ज्यान त ठुलो होला

राम्रीमा राम्री नै हुँला

खास राम्रो त हजुरकै हेराइ राम्रो होला

म भुई मान्छे हुँ!

भुईबाट उम्रेको म

बढ्न  खोज्दैछु म

आकाश छुन।

प्रकाशित: १२ वैशाख २०८३ ११:३८ शनिबार